सप्तरी, माघ ९ गते।
सप्तरीको सप्तकोशी-४ का लक्षमण बिष्टले संचालन गरेको कुखुरा फारममा आइतबार आगलागी भएको छ। विहान १०;३० बजेतिर घरको छतमाथी अस्थाई फुसको टहरा बनाई संचालन गरेको उक्त फारममा विधुत सर्ट भइ अचानक आगलागी भएको हो। आगलागीबाट टहरा तथा ४५० थान कुखुराको चल्ला, कुखुराको दाना, भाडावर्तन समेत जल्दा ४ लाख ५० हजार बराबरको क्षति भएको अनुमान गरीएको छ। आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा एक घण्टा पछी नियन्त्रणमा लिएको प्रहरी चौकी फतेपुरले जनाएको छ।
Post a Comment