झापा माघ ७,
झापामा एउटै डोरीमा झुन्डिएर प्रेमि प्रेमिकाले आत्महत्या गरेका छन् ।झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराईले आज बिहान एउटै डोरीमा झुन्डिएर आत्महत्या गरेका हुन् । कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ वर्षीया तोलामी र उनकै छिमेकी २५ वर्षीया भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बिहान ५ बजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले बताए । आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक थेवेले जानकारी दिए । प्रेम सम्बन्धकै कारण यस्तो कठोर निर्णय गरेको उनले बताए ।
माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र विराटनगर निवासी एक व्यक्तिसँग फूलमाला समेत भएको बताइएको छ। भट्टराईले भने ट्याक्टर चलाउँदै आएको स्थानीयवासीले बताएका छन्।
Post a Comment