मोरङ पुस १९ ।
स्व जननेता मदन भण्डारीको सम्झनामा उनको कर्मथलो मोरङको इटहरालाई मदन भण्डारी नमुुना गाउँ बनाइने भएको छ । भण्डारीले आफ्नो राजनीतिक कर्मथलो बनाएको इटहरा गाविसलाई विकासका पूर्वाधार निर्माण गरेर नमुुना गाउँ बनाउन लागिएको हो । त्यसका लागि इटहरा–८ लाई मदनग्राम नाम दिएर मदन भण्डारी स्मृति प्रतिष्ठानले भण्डारीको घर, जग्गालाई स्वामित्वमा लिई काम सुरु गरेको छ । विसं २०३२ सालदेखि इटहरा–८ मा बस्नुभएका जननेता भण्डारीको गाउँलाई विकास र सम्वृद्धिसँग जोड्न अभियान थालिएको मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुुरु बरालले बताए । उनी बसेको घरलाई अहिले संरक्षण गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ काम भइरहेको उनले बताए । नेता भण्डारी जन्मनुुभएको ताप्लेजुुङको ढुङ्गेसाँघुदेखि मोरङको इटहरासम्मलाई नेपालको हिमाल, पहाड र तराईसँग जोडेर सहरी विकास मोडेल अनुुसार नमुुना गाउँ बनाउन लागिएको बरालले बताए । उनका अनुसार मदन भण्डारीसँग भावी पुुस्तालाई साक्षात्कार गराउन र उनका पहिचानलाई जीवित राख्न नमुुना गाउँ अभियान थालिएको हो । त्यसका लागि भण्डारीको घरमा प्रयोग भएका ५३२ वटा सामानको सूची बनाएर सङ्कलन गरिसकिएको छ ।
Post a Comment