Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

भारतीय अभिनेता ओम पुरीको निधन भिडियो सहित

बिराटनगर पुस २२ – भारतीय अभिनेता ओम पुरीको निधन भएको छ । मुम्बईमा उहाँको निधन भएको पारिवारीक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुरीको ६६ वर्षको उमेरमा निधन भएको हो ।सन् १९५० को अक्टोबर १८ मा अम्बालामा जन्मनु भएका पुरीले प्रारम्भिक शिक्षा मामाघर पञ्जाबको पटियालाबाट पूरा गर्नुभएको थियो । उहाँले सन् १९७३ मा राष्ट्रिय नाट्य विद्यालयबाट ग्रयाजुएसन गर्नुभएको थियो । उहाँले आफ्नै प्रयासमा नाट्य समूह मजमा बनाउनुभएको थियो ।
पुरीले सन् १९७६ मा मराठी चलचित्र घासिराम कोतवालबाट चलचित्र यात्रा सुरु गर्नुएको हो । पुरीको हृदयघातका कारण निधन भएको पिटिआइले जनाएको छ ।
उहाँले जाने भि दो यारों, अर्धसत्य, आरोहण, मिर्च मसाला, चाची ४२०, आक्रोश, गुप्त, मालामाल विकलीमा अविस्मरणीय अभिनय गर्नुभएको छ । पुरी पछिल्लो पटक चलचित्र घायल रिटर्न मार्फत ठूलो पर्दामा आउनुभएको थियो ।
पुरी पद्यम श्रीबाट सम्मानित हुनुभएको छ । भारतीय सरकारले दिने नागरिलाई चौथो ठूलो सम्मान हो । पुरीले सन् १९८२ मा आरोहण तथा सन् १९८३ मा अर्ध सत्यबाट उत्कृष्ट अभिनेताका लागि राष्ट्रिय चलचित्र अवार्ड प्राप्त गर्नुभएको थियो । 
 भिडियो

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget