Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

कुलमानले गरे काठमाडौ‌पछि पोखरा लोडसेडिङ मुक्तको घोषणा


काठमाडौँ, पुस २० ।
 ऊर्जा मन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यका सहित पोखरालाई पनि लोडसेडिङमुक्त बनाइएको घोषणा गर्नुभएको छ। देशका प्रमुख स्थानलाई अन्धकारमुक्त बनाउने योजना अनुरुप काठमाडौ‌ पछि पोखरा र पूर्वी नेपालका केही स्थानमा नियमित बिद्युत् आपूर्ति भैरहेको जानकारी दिंदै ऊर्जा मन्त्री शर्माले मङ्गलवार आयोजित एक कार्यक्रममा भन्नुभयो, देशलाई उज्यालो पार्ने काममा ऊर्जा मन्त्रालय लागीरहेको छ, यसमा आम नागरिक, उद्योगी व्यवसायी सबैले सहयोग गर्न जरुरी छ।
विगतको नेतृत्वले लोडसेडिङको तालिका मात्र प्रकाशमा ल्याउने कामभित्र “धेरै कुरा लुकेर” बसेको भन्नुहुँदै उहाँले हिजोको लुकेको कुरालाई आफुले उजागर मात्र गरेको र आम नागरिकले त्यसका बारेमा यथेष्ट जानकारी पाउन सफल भएको दावी गर्नुभयो।
औद्योगिक फिडरको विकास गर्नतर्फ लाग्नुपर्ने बताउँदै मन्त्री शर्माले सरकार उद्योग चलाउनका लागि चाहिने बिजुली दिन तयार रहेकाले कुन स्थानमा कुन खालको उद्योग स्थापना गर्ने योजना छ सो बारे विस्तृत योजना ल्याउन उद्यमी व्यवसायीलाई आग्रह गर्नुभयो।
विद्युत् विकासका लागि धेरै नीतिगत निर्णय भइसकेको र परिणाम आउन बाँकी रहेको बताउँदै मन्त्री शर्माले लाइसेन्स झोलामा हालेर दलाली गर्ने प्रवृतिको अन्त्य गर्न आफु लागीरहेको जानकारी दिनुभयो। पश्चिम सेती लगायत ठूला आयोजनाहरुको काम अझै अगाडि बढ्न नसकेको बताउँदै उहाँले जलाशययुक्त जलविद्युत् आयोजनाबाट तल्लो तटीय क्षेत्रमा हुने फाइदा नेपालका अधिकार भएकाले नेपालले आफ्नो अधिकारका लागि लाग्नु पर्ने स्पष्ट पार्नुभयो।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट बिजुली आयात गर्नु बाध्यता भएको तर आयात गरेर मात्र लोडसेडिङ हटाउने योजना नरहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, पिक आवरका लागि छोटो समयका लागि हामीले भारतबाट बिजुली आयात गरेका हौँ, हामीले देशभित्रै ऊर्जा उत्पादन गरेर देशलाई उज्यालो बनाउने हो।
भारतबाट बढीमा ३०० मेगावाट मात्र बिजुली आयात गर्ने योजना रहेको बताउँदै कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, बिद्युत् चुहावटलाई रोक्न सकेको खण्डमा १५० मेगावाट जति बिजुली थप वितरण गर्न सकिन्छ, यसका लागि आम नागरिकले सहयोग गर्न आवश्यक छ।
हाल भारतबाट आयात गरिएको बिजुली पाँच रुपियाँ ६० पैसा देखि पाँच रुपियाँ ७५ पैसा पर्ने गरेको छ। उहाँले हाल भइरहेको बिजुलीको असल व्यवस्थापन गरेर मात्रै उपत्यकालाई उज्यालो बनाउन सफल भएको बताउँदै बुटवलदेखि पश्चिम नेपालका सबै क्षेत्रमा बढीमा दुई घण्टासम्मको मात्र लोडसेडिङ हुने गरेको र आगामी दिनमा यसलाई पनि व्यवस्थापन गरिने जानकारी दिनुभयो।
हाल प्राधिकरणसँग करिब ९५० मेगावाट जडित क्षमताको बिजुली रहेको छ । हिउँद र सुख्खायाममा मुश्किलले चार सय मेगावाट मात्र बिजुली प्रशारण लाइनमा प्रवाह हुने गर्छ। कार्यक्रममा ऊर्जाविद् ज्ञानेन्द्रलाल प्रधानले नेपालको जलविद्युत् विकासका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget