Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

हात्ती आतङ्क: दिनभरि काम रातभर जाग्राम


अजितकुमार झा इनरुवा, २० पुस ।
सुनसरी पश्चिम कुशाहा गाविस–४ का योगेन्द्र उराव रातिको समयमा चयनले सुत्न पाउनुहुन्न । दिनभरि काममा थाकेर आराम गर्नका लागि घर आउने योगेन्द्रको आराम गर्ने सपना करिब चार महिनादेखि पूरा भएको छैन । कारण एउटै हो, जङ्गली हात्तीको आतङ्क ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट दैनिकरुपमा राति र दिउँसोको समयमा निस्कने हात्तीको आतङ्कले उहाँ हैरान मात्र नभई आजित हुनु भएको छ । उहाँ मध्यवर्ती क्षेत्रका लागि एक उदाहरणका पात्र मात्र हुनुहुन्छ । उहाँ जस्तै हरिपुर, श्रीपुर क्षेत्रका स्थानीयवासीलाई दिनभरि काम गरेर आउने र राति आराम गर्ने बेलामा हात्ती धपाउनुपर्ने बाध्यता रहेको छ । जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेको श्रीपुर गाविसका श्यामनारायण खेरवारको भनाइ छ ।

हात्तीले आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयवासीको बाली र मौका परेको बेला मानवीय क्षतिसमेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको पश्चिम कुशाहा–४ का रामनारायण सिंहको गुनासो छ ।

आरक्षबाट प्रत्येक दिन रातको समयमा तीन÷चार वटाको समूहमा निस्कने जङ्गली जनावरका कारण स्थानीयवासी जङ्गली जनावर धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन रातभर जाग्राम बस्न बाध्य भएका छन् । आरक्ष क्षेत्रमा सोलार फेन्सीङको केही क्षेत्रमा व्यवस्था गरेको भएपनि कमजोर तारबारका कारण जङ्गली जनावर निर्बाधरुपमा निस्केर गाउँ पस्ने गरेको र गाउँमा आतङ्क मच्चाउने गरेको श्रीपुरका धर्मेन्द्र मेहताको भनाइ छ ।

स्थानीयवासी मात्र नभई आरक्षबाट दैनिकरुपमा आउने जङ्गली हात्तीका कारण आफूहरु समेत समस्यामा परेको आरक्षका कर्मचारीको गुनासो छ । रातिको समयमा हात्तीले सुतेको कोठाअगाडि आएर बितण्डा मच्चाउने गरेका कारण रातिको समयमा ज्यान जोगाउन समस्या भएको आरक्षका सहायक संरक्षण अधिकृत झोलाइ चौधरीले बताउनुभयो ।

स्थानीयवासीलाई काठ दाउरा र चरीचरनबाट रोक लगाउने गरेको भएपनि आरक्षले जङ्गली जनावर रोक्न नसकेकोमा स्थानीयवासीले आक्रोश पोखेका छन् । आरक्षमा रहेको समस्या समाधान गर्न आरक्ष प्रशासन उदासीन रहेको स्थानीयवासीले बताएका छन् ।

आरक्षले आफ्नो क्षेत्रमा जनतालाई प्रवेश गर्न नदिने तर जङ्गली जनावर गाउँ पसेर बाली खाने, कुल्चिदिने, नष्ट गरीदिने गरेको भएपनि त्यसलाई रोक्न ध्यान नदिएको आरक्ष क्षेत्रका सर्वसाधारणको गुनासो छ ।

एकतर्फ हात्तीको आतङ्क र अर्कोतर्फ आरक्षमा सुरक्षार्थ खटिएका सेनाले महिलालाई अभद्र व्यवहार गर्ने र प्रतिवाद गरे पक्रेर रु पाँचसय जरिवाना तिराउने गरेको स्थानीयवासीको आरोप छ । हात्ती आतङ्क जारी रहेको भएपनि आफूले नियन्त्रणको प्रयास गरिरहेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार शाहले बताउनुभयो । उहाँले यहाँ धेरै समस्या रहेको स्वीकार गर्नुहुँदै समाधानको प्रयासमा आरक्ष लागेको बताउनुहुन्छ ।

हात्तीले स्थानीयवासीको घर तोडफोड गर्नुका साथै आरक्षको कार्यालयलाई समेत अछुतो राखेको छैन । आरक्षको बाउन्ड्री वाल ९घेरा पर्खाल०, भान्सा कोठा पनि हात्तीले तोड्फोड गरिदिएका छन् । यसमा आरक्ष मात्र नभई स्थानीय प्रशासन र सरकारको ध्यान जानु जरुरी छ नत्र अहिले घर तोडफोड गरिरहेको हात्तीले मानिसको ज्यान लिन समेत पछि पर्नेछैन । रासस
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget