Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नुनको मुल्यमा किलो ७ रुपैयाँ बृद्धि हुने



विराटनगर माघ,१५

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले नुनको मूल्य प्रतिपकिलो ७ रुपैयाँ बढाउने भएको छ । ट्रेसाल्ट डिङले प्रतिकिलोमा ५ रुपैयाँ घाटा भएको भन्दै सरकार समक्ष्य यस्तो प्रस्ताव राखेको हो  ।  अब नुनको मुल्य प्रति किलोको १८ रुपैयाँ बाट बढेर २५ रुपैयाँ पर्ने भएको छ ।

साल्ट ट्रेडिङले नुनको मूल्य लागतभन्दा कम हुँदा संस्थानलाई वर्षमा ३५ करोड रुपैयाँ घाटा भइरहेको जानकारी गराएको छ । तर सरकारले ३५ करोड अनुदान दिए भाऊ नबढाइने  ट्रेडिङले बताएको छ ।

मूल्य बढाउनभन्दा राज्यले अनुदानबाटै यसलाई पूर्ति गर्न सके राम्रो हुने साल्ट ट्रेडिङगको भनाई छ ।

साल्ट ट्रेडिङका अनुसार अहिले ढिके नुनमा पनि किलोको ३ रुपैयाँ घाटा छ । डिलरहरुले साल्ट ट्रेडिङसँग किलोको २ रुपैयाँ कमिसन लिने गरेका छन् । अब यसलाई बढाउन दबाव आइरहेको र ५० पैसा बढाउने गरी नयाँ मूल्य प्रस्ताव गरिएको हो ।

साल्ट ट्रेडिङले प्रस्ताव गरेअनुसार मूल्य बढेमा उसलाई किलोको १।५० रुपैयाँ नाफा हुनेछ । यसअघि नुनको मूल्य १५ रुपैयाँबाट १८ रुपैयाँ बनाइएको थियो ।

अहिले नेपालमा वाषिर्क १ लाख ६० हजार मेट्रिक टन नुनको खपत हुन्छ । यसमा आयोडिनयुक्त नुनको हिस्सा ६० प्रतिशत छ भने ढिके नुनको प्रयोग ४० प्रतिशत छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget