विराटनगर पुस २३ रोशन पोखरेल
विराटनगर लगायतका पूर्वका विभिन्न क्षेत्रमा बाक्लो हुस्सु र शितलहरका कारण जनजिवन प्रभावित भएको छ । बाक्लो हुस्सुको कारण धेरै जसो गरिव र विपन्न समुदायका बालबालिका र बृद्धबृदा प्रभावित भएको छ । निरन्तर रुपमा चिसो बाक्लो हुस्सु लाग्ने र चिसो हावा चल्ने गरेपछि अत्याधिक जाडोका कारण उनीहरु प्रभावित भएका हुन । न्यानो कपडाको अभावमा बालबालिकाहरु जाडोको समयमा विदयालय जान नमान्ने गरेको विराटनगर १५ जनपथ टोलकी सिता दाहालको भनाइरहेको छ ।
शितलहरकै कारण मुख्यगरि मोरडका ग्रामिण क्षेत्रका विपन्न समुदायका बृद्धबृद्धाहरु दिउसो र रातको समयमा धुर तापेर रातकाटने गरेका छन ् ।गरिवि विपन्नता र पोषणयुक्त खानाको अभावमा धेरै जसो बालबालिकाहरु म निमोनिया लगायतका रोगको संगम्रण देखिएको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिडेन्टिेड रोशन पोखरेलले बताउनुभयो ।
दिनभरि हुस्सु लाग्ने र घाम नलाग्ने गरेपछि रंगेली, कर्सिया, बबियाविर्ता,छिटाहा, कदमाहा , कटहरी, मझारे, बुधनगर, शिशबनी जहदा,झुर्किया थलाहा, भौडाहा, नयाँबजार लगायत आसपासमा मानिसहरु सडकको चकमा बसेर समुहमा आगो ताप्ने गरेका छा । चिसो बडे सगै विराटनगरको बजारमा आम उपभोक्ताको जाडोको कपडा किन्नेको भिड देख्न सकिन्छ ।
Post a Comment