Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

अग्निपिडितका लागि कोषमा १३ लाख रुपैयाँ बढी जम्मा, प्रवासमा राहत संकलन तिब्र

terthum aaglagiको लागि तस्बिर परिणाम
अमृत बास्तोला
पुस २०, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारका अग्निपिडितको सहयोगका लागि अहिले सम्म १३ लाख रुपैया भन्दा बढी नगद संकलन भएको छ । दैवी प्रकोप उद्धार समिति तेह्रथुमले संचालन गरेको “संक्रान्तिबजार पुर्नः निर्माण तथा पुर्नः स्थापना कोष”मा विभिन्न संघ संस्था र व्याक्तिहरुले उपलब्ध गराइएको राहत स्वरुप सहयोग नगद कुल १३ लाख ५५ हजार ५ सय १६ रुपैयाँ भएको छ । कोषको खातामा बुधबार सम्म यतिका सहयोग रकम जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतले जानकारी दिनु भयो । तेह्रथुमको संक्रान्तिबजारमा भएको भिषण आगलागीका पिडितहरुलाई विभिन्न देशहरुमा प्रवासी नेपालीहरुबाट राहत तथा सहयोग रकम संकलनका लागि अभियान संचालन भईरहेको बताइएको छ । तेह्रथुम समाज युके र प्रवासी नेपालीहरुको संयुक्त अभियानबाट ११ लाख रुपैयाँ संकलन भएको युकेबाट सुरेन्द्र ईङनामले आठराई पत्रकार समाज तेह्रथुमलाई फेसबुक मार्पmत जानकारी गराउनु भएको पत्रकार समाजका अध्यक्ष अमृत क्षेत्रीले जानकारी दिनु भयो । उत्ता इजरालमा पाथिभरा मिडिया ग्रुपले पनि अग्निपिडितहरुको लागि राहत संकलन अभियान संचालन गरेको छ । मिडिया ग्रुपले चलाएको अभियानबाट १ लाख भन्दा बढी रकम संकलन भईसकेको इजरायलबाट समाजसेवी देव बास्कोटाले जानकारी दिनु भएको छ । त्यस्तै गरी प्रवासी नेपालीहरुबाट कोरियामा पनि “संक्रान्तिबजार पुर्नः निर्माण तथा पुर्नः स्थापना”का लागि राहत संकलन अभियान संचालन भएको कोरियाबाट रामप्रसाद उप्रेतीले जानकारी दिनु भएको छ । पुस १ गते भएको भिषण आगलागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget