उदयपुर, माघ ६ । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको रामपुर ठोक्सिलास्थित माछापुछ्रे्र सामुदायिक वनमा हालै १३ फिट लम्बाइ भएको ठूलो सर्प प्रजातिको अजिंगर फेलापरेको छ ।

फेलापारिएको उक्त अजिंगरलाई आफूले रामपुरकै राष्ट्रिय बेलकातरी वनमा लगेर छाड्न निर्देशन दिएको र प्रहरी र वनका कर्मचारीले बेलाकातरी वनमा लगेर सुरक्षित स्थानमा छाडेको पनि जिल्ला वन कार्यालयका प्रमुख बरालले बताए ।
उदयपुर जिल्ला पूर्वकै सबैभन्दा ठूलो वन क्षेत्र भएको जिल्ला हुनाले यस जिल्लाको चुरे महाभारत क्षेत्रमा धेरै अजिंगरको बासस्थानसमेत रहँदै आएको पनि वन कार्यालयका प्रमुख बरालले बताए ।
तर, यतिको ठूलो अजिंगर भेटिएको भने यो पहिलोपटक भएको पनि जिल्ला वन कार्यालयका प्रमुख बरालले बताए । रासस
Post a Comment