विराटनगर पुस २२
दक्षिणी थाइल्याण्ड अबिरल बर्षा र बाढीको कारण कम्तीमा ६ व्यक्तिको ज्यान गएको छ ।
वर्षा र बाढीका कारण उडानसेवाहरु समेत ढिला भएको अधिकारीहरुले जानकारी दिएका छन् । एक हप्तायतादेखि जारी भारी बर्षा र त्यसपछि आएका बाढीको कारण दक्षिणी थाइल्याण्डको नौ वटा प्रांन्त प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ ।
भारी बर्षा र बाढीको कारण ६ व्यक्तिको मृत्यु हुनुको साथै कम्तीमा १ लाख २० हजार घरपरिवार प्रभावित भएको जारी गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
करिब १२ बर्षअघिदेखि आफू सो इालाकामा बस्दै आएको र यस प्रकारको प्रकोप नदेखेको एक व्यापारीले बताएका छन् । एजेन्सी
Post a Comment