Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

चर्चित र्‍यापर ‘यमबुद्ध’को हत्या कि आत्महत्या ?

काठमाडौं  माघ २ गते 
 शनिबार लण्डनमा ‘यमबुद्ध’ भनेर चिनिने चर्चित युवा गायक र्‍यापर अनिल अधिकारीको निधनले फ्यानहरु निकै पीडामा छन् ।  उनका प्रशंसकहरुले सामाजिक सञ्जालमा श्रद्धान्जली व्यक्त गरेका छन् । बीबीसी नेपाली सेवासंग कुरा गर्दै लण्डनको मेट्रोपोलिटन पुलिसका एकजना प्रवक्ताले स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेर बीस मिनटतिर एक पुरुष झुण्डिएको अवस्थामा भेट्टिएको भन्ने एउटा फोन आएपछि प्रहरी र चिकित्सादलका सदस्यहरु घटनास्थल पुगेको बताए ।

 उनले ती पुरुषलाई घटनास्थलमै मृत घोषणा गरिएको र सो घटना शंकास्पद नठानिएको प्रहरीको निष्कर्ष रहेको पनि बताए । मृतकको शव, मृत्युको कारण पत्ता लगाउन जाँचबुझ गर्ने अधिकारी ९कोरोनर० समक्ष पठाइएको पनि उनले बताए । अधिकारीको शवको आउँदो बुधबार पोष्टमार्टम गरिने जनाइएको छ । 

यसअघि, २९ वर्षीय अधिकारीको शव उत्तरी लण्डनस्थित उनकै निवासको बाथरुममा शनिबार बिहान भेटिएको उनको पारिवारिक श्रोतले बीबीसीलाई बताएको थियो । उनको पारिवारिक सूत्रका अनुसार अधिकारी शुक्रबार राती कामबाट फर्केर सुत्न गएका थिए, तर बिहानै उनको शव बाथरुममा भेटिएको थियो । यी प्रमाणहरुलाई हेर्दा उनले आत्महत्या नै गरेको अनुमान लगान सकिन्छ । 

यद्यपी, अनुसन्धान जारी रहेकाले थप विवरण भने आउन बाँकी नै छ ।   र्‍यापर अधिकारीले ‘आमा, जुत्तामा, साथी जस्ता कैयौं चर्चित गीतहरु गाइसकेका छन् । यमबुद्धले तीन दिनअघि मात्रै फेसबुकमा मेरो नयाँ एल्बम खतरा चाँडै आउँदैछ लेखेर पोस्ट गरेका थिए

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget