Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

ईटालियन पेस्तोल र लागू औषध नाईट्रोसनसहित कापर पक्राउ -


अजयकुमार साह/माघ  उदयपुर । सिराहा प्रहरी टोलीले विहिबार सिरहा नगरपालिका वडा नं. १२ बाट एक थान मेड ईन ईटाली लेखिएको एक थान पेस्तोल र केही मात्रामा लागू औषध नाईट्रोसन सहित एक युवालाई पक्राउ गरेको छ ।

सिरहा रामपुर विर्ता गा.वि.स.वडा नं. ३ साविक घर भई हाल सिराहा मिर्चैया नगरपालिका वडा नं.१ बस्ने वर्ष ३१ को श्याम किशोर कापरलाई प्रहरी टोलीले पक्राउ गरेको हो । विहिबार सिरहा नगरपालिका वडा नं. १२ सारस्वर बस्ने रामबृक्ष कामतीको घर अगाडि बाटोमा घरायसी बादबिवाद भई रहेको अबस्थामा सोही ठाउँ बस्ने ५० बर्षिय पलट यादव आई बादविवाद नगर्नुस भनी सम्झाई बुझाई गर्दा रामबृक्ष कामतीको घरमा पाउँना आएका छोरी ज्वाई पर्ने श्याम किशोर कापरले आफुले बोकी ल्याएको हतियार निकाली गोली फायर गरी पुनः आफ्नो ससुराली घर गई उक्त पिस्तोल र लागू औषध नाईट्रोसन समेत लुकाई छिपाई राखी आफु समेत लुकी छिपि बसिरहेको अबस्थामा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

रामबृक्ष कापरको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको म्याग्जिन नभएको मोजलको भागमा गोलीको बुलेट अड्किएको मेड ईन इटाली लेखिएको पिस्तोल थान एक थान र लागू औषध नाईट्रोसन एक सय वटा ट्याब्लेट सहित कापरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका कापर यस भन्दा अगाडी समेत कर्तव्य ज्यान, हातहतियार खरखजना जस्ता जघन्य प्रकृतिका मुद्दाहरुमा समेत  पक्राउ परी कारागार कार्यालय सिराहाबाट रिहा भएको अनुसन्धानको क्रममा बुझिन आएको प्रहरीले बताएको छ ।

प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ साथै कापरलाई हातहतियार खरखजना मुद्दामा जिल्ला प्रशासन कार्यालय सिरहाबाट दश दिनको म्याद थप गरी कानुनी कार्वाही अगाडि बढाईएको जनाईएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget