काठमाडौं, पुस २० – उन्नाइस हजार दुई सय
१३ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रका
अनुसार सम्पत्ति विवरण नबुझाउनेमा चार हजार चार सय १६ निजामती कर्मचारी, १०
हजार दुई सय १५ शिक्षक, दुई हजार ६ सय १३ सेना, चार सय २९ प्रहरी र एक
हजार चार सय ७७ अन्य रहेका छन् ।
नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र
सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान भए पनि कतिपय निकायका कर्मचारीले
अटेर गरेको पाइएको केन्द्रले जनाएको छ । समयभित्रै चार लाख १२ हजार आठ सय
एक र समय बितेपछि दुई हजार सात सय दुई जनाले सम्पत्ति विवरण बुझाएको
केन्द्रले जनाएको छ ।
यसरी समयमा सम्पत्ति विवरण नबुझाउने
कर्मचारीलाई आवश्यक कारबाहीका लागि सिफारिस गरिने केन्द्रका प्रवक्ता
विष्णुराम लामिछानेले जानकारी दिनुभयो ।
Post a Comment