
बिराटनगर, माघ १५ गते। सद्भावना पार्टी महिलाहरुको एक भेलाले महिला मञ्च कटहरी गाउँ समितिको चयन गरेको छ । मधुदेवी कामतको अध्यक्षतामा २५ सदस्यीय गाउँ समिति गठन भएको मोरंग अध्यक्ष राधे कामतले जानकारी दिनुभएको छ । सो समितिको उपाध्यक्षमा वैशाखी देवी ताजपुरिया र जानकी ठाकुर, सचिवमा हेमा शर्मा, कोषाध्यक्षमा सावित्री पासवान सर्वसम्मत चयन गरिएको छ ।

यसैगरी, सदस्यहरुमा निर्मला राय, फूलो ठाकुर, लगायत २५ सदस्य चयन गरिएको हो । सो भेलामा केन्द्रीय सदस्य दिलीप धाडेवा, मोरंग अध्यक्ष राधे कामतले सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
Post a Comment