प्रकाश धौलाकोटी तेह्रथुम, माघ ७ – तेह्रथुमको थोक्लुङ्गका महिलाहरुले निर्माण थालेको महिला सामुदायिक भवन बजेट अभावले अलपत्र बनेको छ । महिलाहरुले गाउँस्तरीय कार्यक्रम, बैठक, भेला गर्दा खुला आकाशमुनि पाखा, चौरमा बस्न समस्या भएको भन्दै तीन वर्षअघि निर्माण सुरु गरेको भवन पर्याप्त बजेट नहुँदा अलपत्र बनेको हो ।
गाविसको लक्षित वर्ग तर्फको बजेटले निर्माण थालिएपनि थप आशा गरिएका गाविस, जिविस र अन्यत्र कतैबाट पनि बजेट नदिइँदा निर्माण कार्य समयमै सम्पन्न हुन नसकेको महिला अधिकार मन्चकी अध्यक्ष विष्णुकुमारी कन्दङवाले बताउनुभयो ।
भवन निर्माणकालागि बजेट माग गरेपनि पहुँच नपुग्दा समस्यामा परेको उहाँले बताउनुभयो । भवन गाउँ पारालिगल, महिला सशक्तिकरण सन्जाल र महिला अधिकार मन्चले मिलेर निर्माण थालेका हुन् । तर बजेट अभावले निर्माण कार्य नै अलपत्र बनेको छ । यो वर्षको गाविसको महिला लक्षित बजेट पनि सबै भवन निर्माणमै लगाउने तयारी छ ।
Post a Comment