Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

दुई वर्षकी छोरी छाडेर आमा ९ दिनदेखि बेपत्ता


तेह्रथुम, माघ ११ – तेह्रथुममा एक महिला ९ दिनदेखि बेपत्ता भएकी छन् । माघ २ गते घरबाट पाँचथर जान्छु भनेर हिँडेकी ह्वाकु–३ की रुपा मावो कालिकोटे सम्पर्क बिहीन रहेको परिवारले जनाएको छ ।
पाँचथरको फिदिममा रहेका दाइलाई भेट्न र जण्डिस भए नभएको जाँच गराउन भनि घरबाट निस्किएकी रुपाले पाँचथर पुगेपछि सम्पर्क नै गर्न छाडेको श्रीमान किरण कालिकोटेले बताउनुभयो । पाँचथरको थर्पु माइती घर भएकी रुपा र किरणको २०७० सालमा अन्तरजातीय विवाह भएको थियो ।
तर परिवारिक सम्बन्ध राम्रै रहेको र घर सल्लाहबाटै श्रीमतीलाई उपचारकालागि पठाएको भएपनि सम्पर्क बिहीन भएपछि प्रहरीमा उजुरी गरेको किरणले बताउनुभयो । उनीहरुको दुई वर्षकी छोरी छिन् ।
‘पाँचथरको माझीटार कट्दासम्म फोन सम्पर्क भएको थियो, त्यसपछि सम्पर्क हुन सकेन’ इलाका प्रहरी कार्यालय संक्रान्ति जबार आएका किरणले भन्नुभयो । प्रहरीले किरणको उजुरीपछि खोजी थालेको जनाएको छ 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget