Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

दुर्घटना न्यूनीकरण गर्न सडकमै पुराण


सुनसरी  माघ १४  – सुनसरी सदरमुकाम इनरुवामा सडक दुर्घटना न्यूनीकरण गर्न श्रीमद्भागवत पुराणको आयोजना गर्न लागिएको छ ।
दुर्घटनाग्रस्त क्षेत्र मानिने पूर्व पश्चिम राजमार्गअन्तर्गत मधेसा गाविसमा पर्ने भोटेपुल आसपास सडक किनारमा माघ १६ गते आइतबार श्रीमद्भागवत पुराणको आयोजना गर्न लागिएको हो । नमुना भजनकीर्तन समूह इनरुवा–३ सुनसरीको आयोजनामा सडक दुर्घटनामा परी ज्यान गुमाउने मृतजनको आत्माको शान्तिको कामना गर्दै पितृहरुको उद्धार र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ एक दिवसीय भागवत पुराण आयोजना गर्न लागिएको हो ।
सडकमै आयोजना हुने भागवत् पुराणमा वेद र रुद्री पाठका साथै लक्षवत्ती प्रज्वलन गरिने संस्थाकी अध्यक्ष तारा सुवेदीले जानकारी दिए । उक्त क्षेत्रमा अत्यधिक सडक दुर्घटना बढेको र मानवीय क्षतिलाई दृष्टिगत गर्दै पुराण आयोजना गर्न लागिएको स्थानीयवासी मनोज निरौलाले बताए ।
-

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget