झापा, माघ ८ । नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी ओलीले विकासका लागि सरकारसँग पैसाको अभाव नभएको बताएका छन् । उनले झापाको पथरियामा स्वर्गीय बामपन्थी नेता द्रोणाचार्य क्षेत्री स्मृति महिला तथा बाल विकास भवनको शिलान्यास गर्दै उहाँले विगत १९ वर्षयता हुलाकी सडक निर्माणको चर्चा पटक पटक हुँदै आएको र अब हुलाकी सडक बनाएरै छोड्ने दाबी गरे । अध्यक्ष ओलीले नेपाल र नेपालीको स्वाभिमानी भावना बचाउन आफू इमान्दार भएर लाग्ने बताए । दुई कठ्ठा १० धुर क्षेत्रफलमा रु एक करोड २५ लाखको लागतमा छ कोठाको सभाहलसहित स्मृति भवन दुई तले पक्की निर्माण हुनेछ । यसैबीच अध्यक्ष ओलीले आजबाट झापाको बनियानीमा सुरु भएको प्रथम अन्तराष्ट्रिय कराते प्रतियोगिताको समेत उद्घाटन गरे । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटानका विभिन्न तौल समूहका खेलाडीहरुले भाग लिएका छन् ।
विकासका लागि सरकारसँग पैसाको अभाव छैन : ओली

Post a Comment