खोटाङ, पुस २० –
जिल्ला शिक्षा कार्यालय खोटाङले नमूना विद्यालय कार्यक्रम सुरु गरेको छ । नमूना विद्यालयका रुपमा स्थापित गर्नका लागि पहिलो चरणमा छानिएका जिल्लाका ३० विद्यालय मध्ये सरस्वती मावि दिक्तेलबाट नमूना विद्यालय कार्यक्रम सुरु गरिएको हो ।
पुस्तकको भरमा मात्र पठनपाठन भइरहेको विद्यालयमा पाठ्याक्रमले तोके अनुसारको पठनपाठनको व्यवस्थाका लागि शिक्षा कार्यालयले नमूना विद्यालय स्थापना अभियान सुरु गरेको हो ।
पुस्तकको माध्यमबाट मात्र गरिने पठनपाठनले राम्रो सिकाई उपलब्धी नदेखिएकाले पाठ्यक्रममा आधारित शिक्षण सुरु गरिएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो ।
नमूना बनाउनका लागि छानिएका अन्य विद्यालयका प्रावि तहमा पनि क्रमशः टेस्ट बुकको सट्टा पाठ्यक्रममा आधारिक शिक्षण क्रियाकलाप सुरु गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
Post a Comment