Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

प्रस्तावित न्यायाधीशविरुद्ध तीन उजुरी

काठमाडौँ, माघ ४ गते । सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीनवटा उजुरी दर्ता भएका छन् । समितिले तोकेको दस दिनको समयसीमामा तीन उजुरी प्राप्त भए पनि समिति सचिवालयले उजुरी औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
प्रस्तावित न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीविरुद्ध समितिमा तीनवटा उजुरी परेका हुन् । समिति सचिवालयले पुस २१ गतेबाट दस दिनको समय दिएर सर्वसाधारण समेतलाई उजुरी दिन समय दिएको थियो । संसदीय सुनुवाई विशेष समितिका सचिव ध्रुवप्रसाद घिमिरेले दुई न्यायाधीशविरुद्ध तीनवटा उजुरी प्राप्त भएको बताउनुभयो । घिमिरेले दुई जनाविरुद्ध तीनवटा उजुरी प्राप्त भएका छन् । कार्यविधि अनुसार समितिमा सार्वजनिक गरेपछि मात्र कोविरुद्ध कुन उजुरी भन्ने थाहा हुनेछ भन्नुभयो ।
पुस १९ गते न्याय परिषद्ले सुनुवाई प्रक्रिया अगाडि बढाउन समितिलाई पत्राचार गरेको थियो । प्राप्त उजुरी अब समितिमा पेस हुनेछन् । समितिले उजुरीमा थप अनुसन्धान आवश्यक परेमा उजुरीकर्ता र अन्य सरोकारवालासँग छलफल गर्न सक्नेछ । न्याय परिषद्को पुस १८ गतेको बैठकले सर्वोच्चमा रिक्त दुई न्यायाधीशका लागि उच्च अदालतका दुई मुख्य न्यायाधीशको नाम सिफारिस गरेको थियो । परिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget