Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

एयरपोर्ट भारतलाई जिम्मा लगाउन खोजेको भन्दै प्रदर्शन


दमक माघ १८ : सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको जिम्मा भारतीय सेनालाई दिने सम्झौता गरेको भन्दै विद्यार्थीहरुले झापाको दमकमा विरोध प्रदर्शन गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी सम्बद्ध अखिल क्रान्तिकारी मेची ब्युरोको आह्वानमा विहान दमक बहुमुखी क्याम्पसबाट गणतन्त्र चोकसम्म विरोध प्रर्दशन गरेका हुन्। विद्यार्थी नेताहरुले क्याम्पसको कक्षा कक्षामा गएर विद्यार्थीलाई विरोध प्रर्दशनमा सहभागिताका लागि आग्रह गरेका थिए। दमक बहुमुखी क्याम्पस सहित दमक रहेका आधा दर्जन बढी निजी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले सरकारले भारतसँग गरेको सम्झौताको विरोधमा नारा लगाएका थिए। र्‍यालीपछि गणतन्त्र चोकमा कोणसभा समेत गरेका थिए। विमानस्थलको सुरक्षा जिम्मा भारतीय सेनालाई दिन खोज्नु राष्ट्रिय हित विपरित र आत्मघाती निर्णय रहेको क्रान्तिकारीका मेची ब्युरो इञ्चार्ज हरिश चन्द्र भट्टले बताए। सरकारले देशनै भारतलाई जिम्मा लगाउन खोजेको उनले आरोप लगाए। विरोधसभामा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरुले पनि सहभागिता जनाएका थिए। विरोध र्‍यालीका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत क्याम्पसमोडबाट गणतन्त्र चोकसम्म यातायात समेत अवरोध भएको थियो।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget