Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पाइरेसी आरोप लागेका युवकको मृत्युबारे दीपकराज गिरीको प्रतिक्रिया( नखाएको विष लाग्यो


काठमाडौं माघ १,
छक्का पन्जा फिल्मका निर्माता दीपकराज गिरीले फिल्म अनधिकृत रुपमा इन्टरनेटमा राख्ने युवाले गरेको आत्महत्यालाई लिएर आइरहेका प्रतिकृयाले आफूलाई ुनखाएको विष लागेकोु प्रतिक्रिया दिएका छन्। दीपाश्री निरौलाले निर्देशन गरेको फिल्मलाई अनधिकृत रुपमा इन्टरनेटमा राख्ने नवपरासीका कृष्ण सुवेदी बिहीबार काठमाडौंको चाबहिलस्थित डेरामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। यो विषयलाई लिएर सोसल मिडियामा आफ्नो आलोचना भएपछि गिरीले फेसबुकमा स्ट्याटस लेख्दै आफू ुआजित भएकोु जनाएका छन्। छक्का पन्जा फिल्मको प्रदर्शन गर्न युरोप पुगेका दीपकले फेसबुकमा लेखेका छन्( २०७० सालमा ूछ एकान छू पाइरेसी भयो। उजूरी गरे। व्यक्ति समातियो पनि।।।। कारवाही गर्नु पर्ने तर एउटा गरिब मजदुरी गरेर खाने परिवारको केटा परेछ। उसको आमालाई देखेर आफ्नै आँखामा आशु आयो।

प्रहरी लाई अनुरोध गरेर, ुआइन्दा यस्तो नगरु भनेर छोड़ी दियौ। यो पटक स्वर्गीय कृ्ष्ण सुवेदी सहित ४ युवा समातिए। अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनाल ज्यू र मैले ुपाइरेसी गरेता पनि पैसा कमाउने नियतमा पाइरेसी भएको देखिन्न। त्यसैले कार्बाहि नगरौं। केटाहरूको भविष्य बिग्रिन्छु भनेर सामान्य तारेखमा छोडियो। आइतबार देखि त त्यो तारेखबाट पनि मुक्त भैसकेको अवस्था थियो। बारबार सामाजिक सञ्जालमा युवाहरुलाई आग्रह पनि गरिरहेको हुन्छु। ुकृपया, यस्ता सामाग्री हात पर्दा नहेर्नु राम्रो, हेरे पनि शेयर वा ट्याग नगरौं

त्यसले तपाईको पनि भविष्य बिग्रन सक्छ। साइबर एक्टले समात्छ भनेर।ु यो ९छक्का पन्जाको० विषयमा पनि उदारता देखाएरै केटाहरूलाई मुद्दा नचलाई सम्झाएर छोडिएको हो। आफ्नै क्षति हुँदाहुँदै पनि हामीले हदै सम्मको नरम व्यवहार प्रस्तुत गरेकै हो। त्यसमाथि अहिले केहि व्यक्तिहरुले सामाजिक सञ्जालमा केही अत्यन्तै असम्वेदनशील भइ ुछक्का पन्जाु लाई यसको भागीदार भएको आरोप पनि लगाइरहेका छन्।

त्यसले थप मर्माहित तुल्याएको छ। हामीलाई एकातिर चलचित्रको पाइरेसी, अर्को तिर युवाको मृत्युको पीडा, त्यसमाथि यो असम्वेदनशील आरोप ।।।१  खाएको विष मात्रै लाग्नु पर्ने हो‘। एकातिर मृतकको परिवार को पीडा सम्झेर दुखित छु। अर्को तिर यस्ता सम्वेदनाहीन आरोपले मर्माहित तुल्याएको छ। मृत्यु हो, हत्या हो वा अरू नै केही कारण हो प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले पाइरेसी आरोपमा सफाइ दिइसकेको अवस्थामा युवकको मृत्यु भएको छ।

मृत्युको सही कारण के हो पछि अनुसन्धानबाट खुल्ने नै छ। केहि मिडियाले पनि टीआरपी पाउनका लागि समाचार लेखिरहेका छन्। अतस् यो सम्वेदनशील र मुश्किलको समयमा मन देखि भन्न चाहन्छु, हाम्रो १५ पनि गल्ती साबित भए हामी सजाय भोग्न तयार छौं। तर मिथ्या आरोप लगाएर थप पीडा नदिन आग्रह गर्छौं। हामीलाई सहयोग, साथ र पीडामा पनि हौसला दिने लाखौं साथीहरू लाइ धन्यवाद भन्न चाहान्छौं।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget