Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

एमाले मोरङको अध्यक्षमा विनोद ढकाल निर्वाचित

प्यानलमा ढकाल पक्षकै वर्चस्व

विराटनगर, पौष २९ गते । एमाले मोरङको अध्यक्षमा विनोद ढकाल निर्वाचित हुनुभएको छ । ढकालले ५०३ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । 
अध्यक्षका अर्का प्रत्याशी महेश रेग्मीले ३०२ मत प्राप्त गर्नुभएको छ । बिहीबार राति सकिएको मत गणनामा ढकालले १९९ मत अन्तरले रेग्मीलाई हराउनु भएको हो । उपाध्यक्ष, सचिव र सहसचिव पदमा पनि ढकालको प्यानलको बर्चस्व रहेको छ । ढकाल पार्टी अध्यक्ष केपी ओली प्यानलको र महेश रेग्मी नेता माधव नेपाल पक्षको मानिनुहुन्छ ।
यसैगरी उपाध्यक्षमा रामलाल साहले ४२४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी सत्यनारायण चौधरीले ३२५ मत प्राप्त गर्नुभएको छ । यसैगरी सचिवमा ऋषि पोखरलले ४६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी विद्या चाम्लिंगले ३०६ मत प्राप्त गर्नुभएको छ । सहसचिवमा धना तामाङले ४२५ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी राजकुमार ओझाले ३२७ मत प्राप्त गर्नुभएको छ । 

Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget