Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पृथ्वी जयन्तीमा सरकारले बिदा दिएन, निजी पहलमा मुलुकभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

सम्बन्धित छवि
काठमाडौं, पुस २७ – बुधबार पुस २७ गते, नेपाल एकीकरण गर्ने तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्ती । सरकारी स्तरबाट पृथ्वी जयन्तीको कुनै कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल तथा निजी क्षेत्रको पहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ ।
विक्रम संवत २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२÷०६३ सालको जनआन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । केही वर्षदेखि पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने आवाज उठेपनि सरकारले निर्णय गर्न सकेको छैन ।
बुधबार सार्वजनिक बिदा दिने विषयमा मन्त्रिपरिषदमा समेत छलफल भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले यो राजनीतिक विषय भएकाले सबैको सहमति चाहिने बताएपछि बिदा दिन नसकिएको हो ।  
पृथ्वीनारायणको शासनकालमा नेपाल ५४ टुक्रामा विभाजित थियो । जसमध्ये बाइसे कर्णाली र चौविसे राज्य गण्डकी प्रदेशमा थिए । लिच्छवीकालमा पनि नेपाल अहिलेकै जस्तो ठूलो रहेको इतिहासमा पाइन्छ ।  
पश्चिमा खस राज्य थियो । उनीहरु २२ टुक्रामा विभाजित थिए । त्यसपछि पाल्पाली राजा मुुकुन्दसेन सिमरौनगढका ढोय जातिलाई लिएर काठमाडौं पस्न खोजेका थिए तर सकेनन् ।
अर्का मल्लकालीन राजा जयस्थिति मल्लले पनि एकीकरणको प्रयास गरेका थिए, तर सफल भएनन् । पछि यक्ष मल्लले एकीकरण गर्न सुरु गरे उनका छोरा बुहारीका पालाका नेपालमण्डल तीन टुक्रा काठमाडौं, ललितपुर र भक्तपुर भयो ।
यसरी टुक्राटुक्रामा विभक्त नेपाललाई पृथ्वीनारायण शाह गोरखाबाट पूर्वतर्फ अघि बढेर एकीकरणको अभियान सुरु गर्नुभएको थियो ।
एकीकरण अभियानसँगै पृथ्वीनारायण शाहको दिव्योपदेशलाई सबैले स्मरण गर्छन् । उहाँको दिव्योपदेश आधुनिक नेपालका लागि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छ । 
दिबसका आसरमा बिराटनगरमा पनि बिभिन्न कार्येक्रम गरि मनाइदै छ।  विद्वत परिषद मोरंगले दिवसको अवसरमा ११:३० बजे नगर परिक्रमा गर्दै गुद्रिस्थित बि प्लटमा कार्यक्रम गर्दै छ। 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget