Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

ताप्लेजुङका सरकारी कर्मचारी आन्दोलित, सहिद घोषणा गर्न माग


ताप्लेजुङ  पुस, १८ ।
ताप्लेजुङस्थित इलाका वन कार्यालय खोक्लिङमा कार्यरत गणेश शाहीको हत्या भएको विरोधमा सरकारी कर्मचारी आन्दोलित भएका छन् ।
हत्यारालाई कारवाही गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राख्दै जिल्लाका सरकारी कर्मचारीले सोमबार दुई घण्टा काम ठप्प पारेका छन् । जिल्लामा रहेका विभिन्न पेसागत कर्मचारी संघरसंगठनको आहृवानमा सोमबार बिहान १० बजेदेखि मध्यान्न १२ बजे सम्म पेनडाउन गरेका हुन् ।
शाहीको हत्यापछि निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन, नेपाल निजामति कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन (संघ), नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति, स्थानीय विकास कर्मचारी संगठन र गाविस सचिव हकहित संरक्षण केन्द्रले संयुक्त तथा फरक(फरक प्रेस विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृतकलाई राष्ट्रसेवक सहिद घोषणा गर्नुपर्ने, सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको सुरक्षाको व्यवस्था गर्नुपर्ने माग समेत राखेका छन् ।
आन्दोलित कर्मचारीहरुले ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै कर्मचारीलाई सुरक्षाको प्रत्याभुति हुनेगरी सुरक्षा दिन माग गरेका छन् ।
जिल्ला वन कार्यालय ताप्लेजुङका निमित्त प्रमुुख दानबहादुर श्रेष्ठले कर्मचारीको हत्या भएकाले अब गाउँमा गएर काम गर्ने सक्ने स्थिति नभएको वताएका छन् ।
निजी र सामुदायिक वनको सीमाना विवादले उग्र रुप लिएपछि भएको झडपमा शाहीको हत्या भएको थियो । स्थानीय सविन लिम्बुले शाहीको घाँटी रेटेर हत्या गरेको प्रत्यक्षदर्शीले वताएका छन् । उनी अहिले प्रहरी हिरासतमा छन् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget