Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मधेसी मोर्चाको अबरोध छिचोल्दै मधेस पस्यो एमाले


धरान पुस २६
मधेसी मोर्चाको अबरोध र धम्कीका बाबजुत नेकपा एमालेले सुनसरीको हरिनगरामा आमसभा गरेको छ। संविधानजारी भएपछि एमालेले पहिलो पटक मधेसी जनताको बाहुल्य रहेको सुनसरीको दक्षिणी गाविस हरिनगरामा पूर्व प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता माधव नेपालको उपस्थितिमा आमसभा गरेको हो।
संविधान संशोधनको विपक्षमा रहेको एमालेले मधेसमा आमसभा गर्न लागेपछि सोमबार विहानैदेखि मधेसी मोर्चाका कार्यकर्ताले एमालेको आमसभालाई असफल बनाउन हरिनगर सडक खण्डमा टायर बालेर अबरोध सिर्जना गरेका थिए। मोर्चाका कार्यकर्ताले एमालेलाई हरिनगरामा प्रवेश गर्न नदिने भन्दै टायर बालेर प्रर्दशन गरेपछि सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेल, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयका एसपी रमेश सुवेदी र राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका प्रमुख नगेन्द्र दाहाल हरिनगर गएर सुरक्षा प्रबन्ध मिलाएपछि एमालेले आमसभा गरेको थियो ।
प्रहरीले एमालेको आमसभा अबरोधका लागि मोर्चाका कार्यकर्ता सुनसरीका दर्जन बढी गाविसबाट हरिनगरामा भेला भएका थिए। तर, बिरोध गर्ने मोर्चाका कार्यकर्ताभन्दा एमालेको आमसभामा भेला भएकाको संख्या धेरै भएपछि मोर्चाका कार्यकर्ता एमालेको कार्यक्रम स्थलमा भने प्रबेश गर्न सकेनन्।
प्रहरीले एमाले र मोर्चाका कार्यकर्ताबीच झडप हुन नदिन हरिनगरभरी सशस्त्र र नेपाल प्रहरी व्यापक रुपमा परिचालन गरेको थियो।
सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले एमालेको आमसभामा मधेसी मोर्चाले अबरोध गर्ने पूर्व सुचना पाएपछि प्रहरी परिचालनमा विशेष ध्यान दिएको बताए। उनले प्रहरीले हप्तादिन अगाडिदेखि नै सुरक्षा सर्तकता बढाएकाले कुनै अप्रिय घटना हुन नदिएको बताए।
एमाले सुनसरी क्षेत्र नम्बर(४ का उपसचिव महेश्वर यादवले मधेसका धेरै जसो जनताको साथ एमलेलाई रहेकाले मधेसी मोर्चाको विरोधले एमालेको कार्यक्रमलाई रोक्न नसकेको बताए। उनले आगामी स्थानीय निर्वाचनमा मोर्चाले भन्दा बढी गाउँपालिकामा चुनाव जितेर देखाइदिने समेत चेतावनी दिए ।
एमाले मधेस विरोधी होइनः नेपाल
हरिनगरको आमसभालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाले मधेस विरोधी पार्टी नभएको बताए। मैथली भाषामा सम्बोधन गर्दै उनले आफु पनि रौतहटको मधेसमा जन्मिएको बताउँदै माओवादी र काग्रेसले एमालेलाई कमजोर पार्न मधेस विरोधीको आरोप लगाउने गरेको बताए।
एमाले देशभर लोकप्रिय रहेको र मधेसी मोर्चाले मधेसमा समेत एमालेको जनलहर देखेर पराजित मानसिकताका कारण मधेस विरोधी पार्टी भन्ने गरेको नेपालले बताए। उनले एमाले तराई, पाहाड र हिमाल तीनै क्षेत्रमा समान हकअधिकार दिलाउन लागिपरेको बताए।
नेता नेपालले आगामी निर्वाचनमा अन्य पार्टी भन्दा बढी सिट जितेर पनि देखाउने चेतावनी दिए। एमालेले मधेसका कुनाकाप्चामा गएर गरिव र पछाडि परेका जनताका हकअधिकार स्थापित गराउन र मधेसको विकासमा एमालेले अग्रणी भूमिका निर्वाह गर्ने बताए।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget