उदयपुर पुस,१८ ।
ट्याक्टरको ठक्करबाट उदयपुरका एक बालकको ज्यान गएको छ ।शैक्षिक भ्रमणमा गएका वेला त्रियुगा नगरपालिका ५ का १२ बर्षिय वालक अभिनय भट्टराईको ट्याक्टरको ठ्क्करबाट ज्यान गएको हो ।
जनप्रेमी निमावी त्रिनपा ५ भातिखर्कका ७ कक्षामा अध्ययनरत छात्र भट्रराईको उपचारको क्रममा आईतबार राती ११ बजे भारतको सिलगडीमा ज्यान गएको मृतकका आफन्तले बताएका छन । त्रियुगा नगरपालिका २ स्थित शिवालय मन्दिरको अवलोकन गर्न आएका भट्टराई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओम बहादुर रानाले जानकारी दिए।
डिएसपी रानाका अनुसार शिवालय मन्दिर नजिक आईतबार साढे एक बजेको समयमा ना५ च ६९५४ नम्बरको ट्याक्टर र स ५ च २३४० नम्बरको मोटरसाईकल दुर्घटना हुदाँ वालक घाईते भएका थिए। ट्याक्टर र मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको छ ।
Post a Comment