
झापा पुस २१
झापामा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। बिहीबार दिउँसो साढे ११ बजे बिर्तामोड–२ स्थित घाग्रा खोलाको पुल नजिकै छोटा हात्तीले मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको ज्यान गएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ३११५ नम्बरको छोटा हात्ती गाडीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ प ४७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापा महाभारा–७ का २५ वर्षीय अरुण राजवंशीको र पछाडि सवार सोही स्थानका २९ वर्षीय लोखचन राजवंशीको ज्यान गएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका असई यामकुमार खड्काले जानकारी दिए। ठक्कर दिने सवारी र त्यसका चालक गरामनी–९ बस्ने ५१ वर्षीय ईन्द्रप्रसाद कँडेललाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ।
Post a Comment