
विराटनगर, पौष १६ गते । भुजेली पर्वको अवसर पारेर भुजेल समाज सेवा विराटनगर नगर समितिले ५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

समितिले हिजो आयोजना गरेको कार्यक्रममा विराटनगरबाट एसएलसीमा सर्वाधिक अंक ल्याई सर्वोत्कृष्ट हुने प्रशंसा भुजेललाई साइकल उपहार प्रदान गरेको छ । उमेश आचार्य, सुमित राज भण्डारी, सरोज भुजेलले संयुक्त रुपमा प्रशंशालाई साइकल उपहार प्रदान गर्नुभएको हो ।

सो अवसरमा भुजेल सेवा समाजका केन्द्रिय उपाध्यक्ष राजकुमार भुजेल, केन्द्रिय पूर्व सचिव पूर्ण भुजेल, आदिवास् जनजाति महासंघ सुनसरीका रवि भुजेल, विराटनगर समितिका अध्यक्ष सरोज भुजेल, प्रवासी भुजेल सेवा प्रतिनिधि भेषराज भुजेलले आआफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । पूजाआजाबाट सुरु गरिएको कार्यक्रममा विभिन्न मनोरन्जनात्मक कार्यक्रम गरिएको थियो ।
Post a Comment