Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

इस्तानबुलको रात्री क्लबमा आतंकवादी आक्रमण, ३५ जनाको मृत्यु




विराटनगर, पुस १७ । टर्कीको इस्तानबुलस्थित एक रात्री क्लब आतंकवादी आक्रमण हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ ।

सान्टा क्लजको पोशाकमा रहेका आक्रमणकारीले रेना रात्री क्लबमा प्रवेश गरी आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यहाँको सरकारले आतंककारी आक्रमण भएको जनाएको छ । घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा एक जना प्रहरी अधिकारीसमेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आक्रमणपछि आक्रमणकारीले सिरियाको एलेप्पोमा भएको आक्रमणमा रसियाको संलग्नता रहेकाले बदला लिएको भन्दै कराएको बताइएको छ ।

क्लबभित्र अन्धाधुन्ध गोली चलेपछि भागदौड मच्चिएको थियो । टर्कीमा आतंकवादी हमला हुन सक्ने आशंकामा १७ हजार सुरक्षाकर्मी परिचालन गरिएकै बेला यो घटना भएको हो ।

अहिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले घाइतेहरुको उद्दार गर्दै गोली प्रहार गर्नेको खोजी जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

योसँगै सन् २०१६ मा टर्कीमा मात्रै ७ वटा आक्रमण भएका छन् । यसअघि डिसेम्बर १० मा इस्तानबुलको फुटबल रंगशालामा भएको आक्रमणमा परी ४४ जनाको मृत्यु भएको थियो । ९एजेन्सी०

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget