भोजपुर, पुस १६ गते।
भोजपुरको रानीबास गाविसमा शनिबार बिहान निर्माणाधीन घरबाट खसेर एक मिस्त्रीको मृत्यु भएको छ। रानीवास ८ स्थित चन्द्रप्रकाश राईको निर्माणाधीन चार तला घरबाट खसेर घर बनाउने मिस्त्री सोही ठाउँका ४६ वर्षिय देवबहादुर बस्नेतको मृत्यु भएको हो। विहान ०९३० बजेतिर अचानक चार तलाबाट खसेर गम्भीर घाइते भएका बस्नेतलाई उपचारकालागी घोडेटारस्थित प्राथमिक स्वास्थ्य केन्द्र घोडेटार ल्याइएकोमा उनको सोही केन्द्रमा उपचार हुँदा हुँदै मृत्यु भएको हो।
Post a Comment