Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

तेह्रथुमको आगलागी नियन्त्रण हुन सकेन, आगो निभाउन पानीको अभाव, १० घर जले


विराटनगर पुस १
तेह्रथुमको संक्रान्ति बजारमा आगलागी भएको छ । आगलागीबाट अहिलेसम्म १० घर जलेर नष्ट भएका छन् । अग्नी सेडाइँको घरबाट सल्किएको आगोले बद्री सेडाइँ, दिपेश सिटौला र रत्न तामाङको सहित १० घर जलेर नष्ट भएको तेह्रथुमबाट  प्रकाश धौलाकोटीले जनाएका छन् ।
संक्रान्ति बजारको एक भागबाट सुरु भएको आगलागी अहिले बाटोको दुबैतर्फ फैलिएको छ । आगो नियन्त्रणका लागि सशस्त्र र नेपाल प्रहरीको टोली गरी ५५ जना खटिदाँ पनि आगो नियन्त्रण नभएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट दमकलसहित थप प्रहरी माग गरिएको अञ्चल प्रहरी कार्यालयको प्रमुख सफल पोर्तेलले जानकारी दिनुभयो ।
आगो निभाउन दमकल पनि नभएको र पानीको पनि अभाव भएको प्रहरीले जनाएको छ । आगलागीबाट थप क्षति हुन नदिन आआफ्ना घरबाट सबै सामान बाहिर निकाल्न प्रहरीले अपिल गरेको छ । तेह्रथुममा दुई दिनदेखि खानेपानीको पनि अभाव छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget