Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

जाडो बढेपछि तेह्रथुमका आगलागि पीडितहरु आफन्तको शरणमा


तेह्रथुम, ११ पौष । तेह्रथुमको सक्रान्ति बजारमा आगलागीपछि पीडितहरुको पुनःस्थापनाका लागि  निर्माण गरिएका टहरा रित्तै भएका छन् ।

आफन्त र छिमेकीका घरमा शरण माग्न पुगेका पीडितहरुलाई तत्काल अस्थायी आवासको रुपमा टहरा निर्माण गरी पुनर्वास गर्ने लक्ष्यले टहरा निर्माण गरिएको भएपनि चिसोका कारण पीडितहरु टहरामा बस्न नसकेका हुन् ।

साप्ताहिक हटिया लाग्ने टहरामा वरिपरि जस्तापाताले घेरेर टहरा निर्माण गरिएको छ । अहिलेसम्म जम्मा १४ वटा टहरा निर्माण गरिसकिएको छ ।

तर ती टहरा अधिकांश खाली छन् । टहराको बसाईलाई प्रशासनले सुविधा सम्पन्न बनाउन प्रयत्न गरेको भएपनि पीडितहरु कठ्याङ्ग्रिदो चिसोका कारण टहरामा बस्न नसकेको बताउँछन् ।

अग्नीपीडित दिपेश सिटौला दिउँसैपनि सिरेटो र हुस्सुले चिसो रहने यहाँ रात काट्न कसरी सक्नु भन्दै आफन्तकोमा शरण लिनु परेको बताउनुहुन्छ ।

अग्नीपीडितका लागि निर्माण गरिएका टहरामध्ये अहिले ५ परिवार मात्रै टहरामा बसिरहेका छन् । त्यसबाहेक केही परिवार पुरानो कृषि भवन र बाँकी पीडितहरु अझैपनि आफन्त र छिमेकीको शरणमा छन् ।

निजी क्षेत्रका विभिन्न संघसंस्थाहरुले लत्ता कपडा, सिरक डसना राहतमा दिएपनि सरकारी तवरबाट कुनैपनि सहयोग भएको छैन । विशेषगरि बालबालिका र बृद्धबृद्धा चिसोले कठ्याङ्ग्रिएका छन् । गत पुष १ गते दिउँसो भएको आगलागीबाट २९ घर जल्दा सक्रान्तिबजारका ७३ परिवारका १ सय ५० जना बढी प्रत्यक्ष प्रभावित भएका छन् । त्यसमध्ये ५१ जना बालबालिका रहेको पाइएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget