दाङमा यात्रुबस दुर्घटना हुँदा तिन जनाको ज्यान गएको छ ।
घोराही लमही सडकखण्डमा घोराहीबाट बुटवल जाँदै गरेको लु २ ख ७७६ नम्वरको बस मसोट खोला नजिक दुर्घटना भएको हो । दुर्घटनामा दाङको सतवरीया घर भइ विद्युत प्राधिकरण लमहीमा कार्यरत कृष्ण शाही, दाङकै सौडियार गाविसका ६० वर्षीय चित्रबहादुर श्रेष्ठ र प्यूठानको खाला निवासी ३८ वर्षीया देउरी विकको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खड्काले जानकारी दिनुभयो
बस सडकबाट करिब एक सय मिटर तल भिरमा खसेको छ । घाइतेहरुको घोराही उपक्षेत्रीय अस्पताल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते ६ जना प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
Post a Comment