Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सिक्का बाबा ओखलढुंगा सदरमुकाममा


ओखलढुंगा, १६ पुस – आफूलाई सिक्का बाबा बताउने कास्की हेम्जा–२ का ४३ बर्षीय रामबहादुर परीयार  विश्व यात्राको क्रममा ओखलढुंगा सदरमुकाम  आईपुगेका छन् । विभिन्न १ सय आठ देशका सिक्का जडित पोशाक लगाएर विश्व यात्रा निस्केका परीयार मंगलबार सदरमुकाम ओखलढुंगा आईपुगेका हुन् ।
विभिन्न देशका सिक्का जडित १४ किलो ४ सय ग्रामको पोशाक लगाएर विश्व किर्तीमानका लागी विश्व यात्रामा निस्केका परीयार पहिलो चरणमा नेपालको ७५ वटै जिल्ला यात्रा गर्ने बताएका छन् । एक बर्ष तीन महिना अघि यात्रा सुरु गरेका परीयार अहिले ६१औं जिल्लाको गनणामा ओखलढुंगा आई पुगेका हुन् । नेपालमा समयमा शान्ति र संविधान देख्न पाउनु पर्ने र नेपालको सबै दुर्गम क्षेत्रमा यातायातको सुविधा पुग्नुपर्ने कामना गर्दै विश्व यात्रामा निस्केको उनको भनाई छ ।
आफ्नो लक्ष प्रप्तीका लागि  विश्व यात्रा तय गर्नु अघि विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकहरु बाट सिक्का संकलनगरी शुरुमा टोपीमा सिक्का जडित गरेपछि क्रमशः आस्कोट र पुरै पोशाक सिक्का जडित बनाएर यात्रा शुरु गरेको उनले बताए । ओखलढुंगाको यात्रापछि ६२औं जिल्लाको रुपमा सोलुखुम्बु जाने बताएकाछन् । उनलाइ जुन जिल्ला पुग्छन  त्यसै जिल्ला बाट प्रशासन तथा जिविसले सहयोग गर्दै आएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget