Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

एसिडिटीको घरेलू उपचार


कतिपय रोग यस्ता हुन्छन्, जसलाई हामीले नै सिर्जना गरिरहेका हुन्छौं । अर्थात्, हाम्रो गलत जीवनशैलीका कारण रोग आफैं सिर्जना भइरहेका हुन्छन् । एसिडिटी पनि यस्तै रोग हो । एसिडिटीलाई चिकित्सकीय भाषामा ‘ग्यास्ट्रोइसोफेजियल रिफ्लक्स डिजिज’ भनिन्छ । आयुर्वेदमा यसलाई अम्लपित्त भनिन्छ । आजकाल हरेक दुई जनामा एकजना यस रोगबाट पीडित भइरहेका हुन्छन् । एसिडिटी भयो भने शरीरको पाचन प्रक्रिया ठिक हुँदैंन ।
एसिडिटीको कारण
आमाशयमा पाचन प्रक्रियाका लागि हाइड्रोक्लोरिक अम्ल तथा पेप्सिन निस्कन्छ । सामान्यतय यो अम्ल तथा पेप्सिन आमाशयमै रहन्छ, भोजन नलीको सम्पर्कमा आउँदैंन । आमाशय तथा भोजन नलीको जोडिएको भागमा विशेष प्रकारको मांसपेशी हुन्छ, जो खुम्चिएपछि आमाशय तथा भोजनलीको बाटो बन्द हुन्छ र केही खानेबित्तिकै खुल्छ । जब यसमा कुनै विकृति तथा समस्या आउँछ, कैयौंपटक आफैं पनि खुल्छ तथा एसिड तथा पेप्सिन भोजन नलीमा आउँछ । यस्तो पटक–पटक भएपछि भोजन नली सुन्निनुका साथै घाउ हुन्छ । गलत खानपान, आरामदायक जीवनशैली, प्रदूषण, चिया, कफी, धूमपान, मदिरा तथा क्याफिनयुक्त पदार्थको बढी प्रयोगका कारण यस्तो हुन्छ ।
एसिडिटीको लक्षण
एसिडिटीको मुख्य लक्षण नै छाति पोल्नु हो । खाना खाएपछि प्रायः छाति दुख्छ र मुखमा अमिलो पानी आउँछ । यसका अलावा घाँटी पोल्ने र अपच भएको लक्षण देखिन्छ । अपचका कारण घबराहट हुने, अमिलो डकार आउने हुन्छ । अमिलो डकारका कारण घाँटी पोलेको महसुस हुन्छ ।
यसका घरेलू उपचार
१. दैनिक तीनपटक खाना खाएपछि गुड अर्थात् सख्खर खानुपर्छ, यसलाइ मुखमा राखेर चपाएर खानुपर्छ ।
२. एक कप पानी उमाल्नुस् र त्यसमा एक चम्चा सूप (मधेशी सूप पनि भनिन्छ) मिसाएर रातभर छोप्नुहोस् र बिहान छानेर त्यसमा एक चम्चा मह मिसाई तीनपटक खाना खाएपछि सेवन गर्नुस् ।
३. एक गिलास तातो पानीमा एक चिम्टी मरिच तथा आधा कागती निचोरेर नियमित रुपमा बिहान सेवन गर्नुस्, यसका साथै बिरे नुन राखेर मुला सेवन गर्नुस् ।
४. एउटा ल्वाङ र एउटा अलैंचीलाई धुलो बनाउनुस् । यसलाई मिसाएर माउथ फ्रेसनरको विकल्पमा प्रयोग गर्न सकिन्छ । यसलाई खाएपछि एसिडिटी समाधान हुन्छ र मुखबाट गन्धबाट पनि आउँदैंन ।
यसरी बच्नुहोस् एसिडिटीबाट
१. समयमा खानुहोस् र खाना खाएपछि केहीबेर टहलिनुस् ।
२. खानामा ताजा फल, सलाद, तरकारीको सूप, उमालेको तरकारी सामेल गर्नुहोस् । हरियो सागपात तथा उम्रिएको गेडागुडी खानुहोस् । यो भिटामिन ‘बि’ र ‘इ’ को राम्रो स्रोत हो, जसले एसिडिटीलाई शरीरबाट बाहिर निकाल्छ ।
३. खाना जहिले पनि चपाएर मात्र खानुहोस् र पेटले मागेभन्दा कम खानुहोस् । सधैं मसालादार र तेल भएको खानाबाट बच्नुहोस् ।
४. नियमित भोजनमा दही सामेल गर्नुहोस् ।
५. रक्सी तथा मांसाहारी भोजनबाट बच्नुहोस् ।
६. पानी धेरै पिउनुहोस्, यसबाट खाना पच्न पद्दत मिल्नेमात्र होइन, शरीरको टक्सिन पनि बाहिर निक्लन्छ ।
७. खाना खानेबित्तिकै तत्काल पानी नपिउनुहोस्, कम्तीमा आधाघण्टा पछि पिउनुहोस् ।
८. भुईंकटहरको जूस खानुहोस्, यसमा खाना पचाउने इन्जाइमहरु हुन्छन् । खाना खाएपछि पेट भारी भयो भने आधा गिलास भुईंकटहरको जूस पिउनुहोस्, सबै एसिडिटी भाग्नेछ ।
९. अमलाको सेवन गर्नुहोस्, यो अमिलोजस्तो लागेपनि एसिडिटीको घरेलु उपचारको रुपमो निकै काम लाग्छ ।
१०. पेटमा ग्यास भरिएको छ भने तत्काल २ चम्चा अमलाको जुस या सुकाइएको अमलाको पाउडरमा दुई चम्चा पिधेको मिश्री पानीसंग खानुहोस् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget