Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

खतरनाक हुनसक्छन् इन्टरनेटजडित उपकरण


के तपाईंको घरमा रहेका टेलिभिजन, गेम खेल्ने मेसिन तथा अन्य इन्टरनेटसँग जोडिने उपकरणहरु सुरक्षाको दृष्टिकोणले खतरनाक सावित हुन सक्छन् ? इन्टरनेट संजालसँग सम्बन्धित विषयमा युरोपमा काम गर्ने संस्था एनिसाले हालै प्रकाशित गरेको एक रिपोर्टले आश्चर्यजनक तथ्य बाहिर ल्याएको छ ।
रिपोर्टअनुसार केही देशका सरकारहरुले सर्वसाधारणका घरमा प्रयोग हुने इन्टरनेटजडित उपकरणहरुमा यस्ता डिभाइस जडान गरेको छ, जसबाट सरकारले सर्वसाधारणका गतिविधिमा निगरानी गर्न सकोस् ।
यस्ता उपकरणहरुलाई ब्याकडोर डिभाइस भनिन्छ । कम्पनीहरुका लागि डिजिटल सिंगल मार्केट अर्थात् एकलौटी बजारमा काम गर्नका लागि यस्तो गर्नु सायद जरुरी छ । तर यस्ता उपकरणमा जडित डिभाइसहरुबाट प्राप्त डाटाहरु गलत हातमा परेमा त्यसले सर्वसाधारणमा खतरा उत्पन्न गराउन सक्ने रिपोर्टले जनाएको छ ।
एनिसाकाअनुसार यस्ता डिभाइसको जडानले जो फाइदा हुन्छ, त्यसको निकै धेरै बेफाइदा पनि हुन सक्छ । ब्याकडोर डिभाइसका कारण निर्दोष मानिसहरु साइबर क्राइमका सिकार हुनसक्छन् । यसका साथै यदि तपाइँ विदेशी उपकरणको प्रयोग गर्नुहुन्छ भने त हुनसक्छ तपाइँको निजी जानकारी विदेशी कम्पनी तथा सरकारको हातमा पुग्दछ ।

जसबाट सत्रुराष्ट्रले ती जानकारीको गलत प्रयोग गर्न सक्दछ । त्यसैले त्यस्तो डिभाइसले केवल आम मानिसका लागि मात्र नभै पूरै देशका लागि समेत खतरा पैदा गर्नसक्दछ । रिपोर्ट अनुसार साइबर अपराधको सिकार भएका मानिसहरु उल्टै सजायँको भागिदार बन्दछन् । किनकी उनीहरुका उपकरण कुनै गलत कामका लागि प्रयोग भएका हुन्छन् । अपराधीले अरुका निजी तस्वीर तथा भिडियो चोरी गरी लिक गरिदिन सक्दछ ।
साथै कसैको धनसम्पत्तिको जानकारी पनि कुनै अपराधीको हातमा पुग्नसक्दछ र व्यक्तिको गोपनीयता संकटमा पर्दछ । गत वर्ष पनि यो विषयमा बहस भएको थियो जब एफबीआइले अमेरिकामा एप्पललाई एक अपराधीको आइफोन अनलक गर्न गरेको आग्रह एप्पलले अस्विकार गर्यो ।
एप्पलले यस्तो सम्भावनालाई लिएर सरकारसँग असहमत भएको थियो की जुन ब्याकडोरको माध्यमबाट सरकारले अपराध पत्ता लगाउँछ सोही तरिकाको गलत प्रयोग अपराधी पनि गर्न सक्दछन् । कुनै पनि कम्पनी आफ्नो गोपनीयता नीति अन्तरगत आफ्ना ग्राहकसँग बाचा गर्दछन् की, उनीहरुका निजी जानकारीहरु सार्वजनिक गरिने छैनन् ।
त्यसैले यदि उसले सरकारको आग्रह मुताविक कुनै पनि डिभाइसका माध्यमबाट यस्तो जानकारी सार्वजनिक गरेमा त्यो गोपनियता नीतिको उल्लंघन हुन्छ । सोही कारणले गर्दा एफबीआइलाई सहयोग गर्न एप्पलले ठाडै अस्विकार गरेको थियो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget