
विराटनगर । सद्भावना पार्टी केन्द्रीय समितिको विशेष निर्देशनमा जिल्ला कार्य समिति मोरङ पुनर्गठन गरिएको छ ।
यसैहप्ता राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले जिल्ला अध्यक्ष राधे कामतलाई मोरङमा सम्पूर्ण वर्गीय मञ्चहरुको क्षेत्रीय र जिल्ला अधिवेशन सम्पन्न गरी केन्द्रमा रिपोर्ट पठाउन प्राप्त निर्देशनलाई आधार बनाई जिल्ला कार्य समिति पुनर्गठन गरेको अध्यक्ष कामतले बताउनु भएको छ ।
पार्टीमा पद ओगटेर बस्ने तर काम नगर्ने नेताहरुलाई कामको जिम्मेवारी नदिइने अध्यक्ष कामतले बताउनुभयो । त्यस्ता नेतृत्व गणहरुलाई सम्मानित ठाउँमा सिफारिस गर्ने गरी मोरङ जिल्ला कार्य समितिका अध्यक्ष राधेकामतको अध्यक्षतामा ३७ सदस्यीय मोरङ जिल्ला समिति गठन गरिएको छ ।
जसको उपाध्यक्षमा गंगाप्रसाद यादव, इनआमूल हक अन्सारी, दिनेश साह, सचिवमा रमेश दास, लक्ष्मीरमण झा, प्रचार सचिवमा सुरेन्द्र दुवे, कोषाध्यक्षमा राजकुमार राजवंशी रहनु भएको छ । यसैगरी सदस्यहरुमा ओमप्रकाश अग्रवाल, कामेश्वर रौनियार, चौठी सिंह, लक्ष्मण राय, कैजुम शेख, गीता मुखिया, राजकुमार राजवंशी, नन्दलाल मण्डल, शशी मण्डल, शंकर सहनी, किशोर भगत, नन्दलाल मण्डल, अनिल किशोर कामत रहनु भएको छ । यसैगरी, सदस्यहरुमा विजय मण्डल, सूर्य कान्त दास, देवेन्द्र पौद्दार, मृत्युञ्जय मिश्रा, रेखा यादव, रामेश्वर साह, कुशेश्वर मण्डल, नन्दगोपाल साह, सदानन्द ठाकुर, पल्टन सिंह, रघु हस्दा र फूलमाला साहलाई चयन गरिएको छ ।
Post a Comment