विराटनगर पुस १० रेड एफ एम सम्वदाता
औद्योगिक व्यवसाय सम्बन्धी ऐन खारेजीको माग गर्दै नेपाल कारखाना श्रमिक संघले आन्दोलन घोषणा गरेको छ । संघले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । सरोकारवालाको सहमतिमा नीति तथा कानुनहरु बन्नु पर्ने भएपनि सरकार, रोजगारदाता र ट्रेड युनियनको समेत सहभागितामा संसादमा छलफलमा रहेको अवस्थामा त्यसलाई पारित गराउनुको साटो एकतर्फी रुपमा ऐन ल्याएको भन्दै संघले विरोध गरेको हो । संघका केन्द्रीय अध्यक्ष धिरेन्द्रकुमार सिंहले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सुरु गरिएका जानकारी दिनुभयो । पर्चा टाँस्नेदेखि हातमा कालोपट्टी बाँध्नेलगायत कार्यक्रम गरिने जानकारी दिनुभयो ।
Post a Comment