Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

धनुषामा लाखौको लुटपाट


धनुषा  पुस१२ ।

धनुषामा लुटेरा समूहले पाँच लाख रुपैयाँ बरावरको धनमाल लुटेका छन् ।धनुषा जिल्लाको गिधा गाविस(३ गिधाका पप्पु पण्डित र श्याम मण्डलको घरमा हतियार सहित प्रबेश गरेका लुटेरा समूहले  लुटपाट गरेको परिवारजनले जनाएको छ । आज बिहान करिब २ बजेतिर एक दर्जनभन्दा बढीको समूहमा आएका लुटेराहरुले पप्पु पण्डितको घरबाट डेढ तोला सुन, ४५ तोला चाँदी, एक लाख रुपैयाँ नगद र २ वटा सामसुङ ब्राण्डको मोवाईल लुटेर लगेका हुन् ।

त्यस्तै श्याम मण्डलको घरबाट दुई लाख रुपैयाँ भन्दा बढीको धनमाल लुटेर लगेका प्रहरीले जनाएको छ । लुटेर समूहले पैसा दिन नमानेपछि श्याम मण्डल र उनकी श्रीमती चन्द्रकला मण्डललाई कुटपिट समेत गरेका छन् । लुटेरा समूहको कुटपिटबाट उनीहरु दुवैजनाको टाउँको र खुट्टामा चोट लागेको छ । उनीहरूको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । लुटपाटमा संलग्नको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget