Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

आमा आईसियुमा, बुबा हिरासतमा, चार महिने छोरीकाे बिचल्ली


उदयपुर, पुस १५ – श्रीमानको कुटाइबाट घाइते भएकी उदयपुरकी सरिता मोतेका नाबालक छोराछोरी बिचल्लीमा परेका छन् । उदयपुरको भलायडाँडा– ३ कि सरितालाई श्रीमान जीवनले पुस १ गते कुटपिट गरेपछि उनी अस्पताल भर्ना भइन् । श्रीमानलाई प्रहरीले पक्रियो । आमा अस्पताल भर्ना र बुबा प्रहरी हिरासतमा भएपछि उनीहरुका तीन छोराछोरीको बिचल्ली भएको छ ।

श्रीमानको कुटाइबाट घाईते बनेकी सरिताको अहिले विराटनगर स्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ । बिरामी कुरुवा बस्न सासु ससुरा विराटनगर गएपछि ४ महिनाको नाबालिको शिसुसहित २ बालकहरु बिचल्लीमा परेको छिमेकी वोधकुमार घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो ‘बच्चाको आमा आइसियूमा, गँजेडी बाबुलाई प्रहरीले पक्रेर लग्यो यहाँ बालबच्चा छिमेकीको भरमा’सरिताका चार र दुई बर्षका छोराहरु र चार महिनाकी एक नाबालक छोरीको हेरचाह गर्ने मान्छे कोही नभएको भन्दै घिमिरेले भन्नुभयो ‘ठूला नानीहरु त जसो तसो बाँच्थे तर सानो नाबालिका नानीलाई बचाउन मुस्किल पर्ने भयो .

श्रीमतीलाई कुटपिट गर्ने जीवनलाई प्रहरीले मंगलबार पक्राउ गरी हिरासतमा राखेको छ । गाँजा खाएर लठ्ठिएका जीवनले सरितालाई दाउराले टाउको हानेर बेहोस बनाएका थिए । उनको अहिलेसम्म होस आएको छैन । आर्थिक अवस्था कमजोर रहेका सरिताका ससुरा होमबहादुरले घरजग्गा समेत तीन लाख रुपैयाँमा बिक्री सरिताको उपचार गरे पनि स्वास्थ्यमा सुधार नआएपछि मोते परिवार आर्थिक संकटमा परेका छ । आर्थिक समस्याको बारे बुवा होमबहादुरले भन्नुभयो, ‘घरजग्गा सक्दा पनि बुहारीको होस आएको छैन, डाक्टरले अझै पैसा लाग्छ भनेको छ ।’ा
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget