Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

लोडसेडिङ हटाउन अवरोध गरेको आरोपमा प्राधिकरणका तीन संचालक बर्खास्त


काठमाडौं, पुस ४ – उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन जनालाई बर्खास्त गरेको छ । प्राधिकरणको सञ्चालक समितिका सदस्य लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई चित्तबुझ्दो स्पष्टिकरण नदिएको भन्दै उर्जामन्त्री जनार्दन शर्माले बर्खास्त गर्नुभएको हो ।
लोडसेडिङ हटाउने अभियानमा रहेका प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई काम गर्न अवरोध गरेको भन्दै मन्त्री शर्माले तीनैजना सदस्यलाई स्पष्टिकरण सोध्नुभएको थियो ।

उनीहरुले मन्त्रालयको स्पष्टिकरणको पत्र बुझ्न अस्वीकार गरेपछि मन्त्रालयले सार्वजनिक सूचना नै निकालेर स्पष्टिकरण बुझाउन निर्देशन दिएको थियो ।तर, उनीहरुले बुझाएको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि तीनैजना सदस्यलाई बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget