Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

ताप्लेजुङमा दुइ दिनदेखि विधुत सेवा अवरुद्ध


ताप्लेजुङ, ४ पौष । मेचीको पाहाडी जिल्ला ताप्लेजुङमा दुई दिन देखि केन्द्रिय प्रसारण लाईनको विद्युत अबरुद्ध भएको छ ।

चिसोको समयमा विद्युत अबरुद्ध हुँदा स्थानिय बढि मर्कामा परेका छन् । पाँचथर–ताप्लेजुङ खण्डको प्रसारण क्षेत्रमा खराबी आएकाले ताप्लेजुङमा शनिवार दिउँसोदेखि विद्युत अबरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले बताएको छ ।

विद्युत अबरुद्ध हुँदा कलकारखाना, उद्योग धन्दा र स्थानिय रेडियो स्टेसनहरु बढि प्रभावित बनेका छन् । दुई दिन देखि विद्युत अबरुद्ध भएपछि सदरमुकाम स्थित ईलेक्ट्रोनिक पसलमा रकम तिरेर मोवाईल चार्ज गर्नेको चाप पढेको पसल सञ्चालकहरुले बताएका छन् ।

विद्युत अबरुद्ध भए पछि सदरमुकामका ईलेक्ट्रोनिक पसल, कलकारखाना र रेडियोहरु जेनेरेटर चलाएर सञ्चालन गरीरहेको स्थानिय रेडियो तमोरका स्टेसन म्यानेजर सजन पौडेलले बताउनुभयो ।

कातिक महिनामा पाँचथर हुँदै ताप्लेजुङमा जोडिएको केन्द्रिय प्रसारण लाईनको विद्युत प्रसारण क्षेत्र लामो भएकाले अबरोध पता लगाई मर्मत गर्न पनि लामो समय लाग्ने गरेको छ ।

पाँचथर–ताप्लेजुङ प्रसारण क्षेत्रमा ठुला पहाड र जंगल रहेकाले हिजो आँखाले हेरेको भरमा अबरोध पता नलागेकाले आज मेसीनको प्रयोग गरी अबरोध स्थान पता लगाउने काम भईरहेको विद्युत प्राधिकरणका कर्मचारी सुर्य प्रकास वनेमले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणले ताप्लेजुङमा विद्युत वितरण गरे पनि आफ्नो कार्यालय र सवारी साधन सहित कर्मचारी नराख्दा विद्युत अबरुद्ध हुँदा समयमा काम हुन नसकेको स्थानियको गुनासो रहेको छ ।

Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget