जनकपुर, पुस १५ – धनुषा प्रहरीले पाँच किलो गाजा र ४९ हजार नगदसहित जनकपुरबाट एक जोगीलाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका(२३ बिन्धिको महादेव मन्दिरमा बसरे गाँजाको कारोबार गर्दै आएका ७० वर्षका जोगी जगदीश कापरलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार बिहान मन्दिरमा गाँजासहित कापरलाईदेखेपछि स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर जिरोमाइल प्रहरी चौकीलाई जिम्मा लगाएका थिए । जोगी कापरको साथबाट पाँच किलो गाँजा र ४९ हजार रुपैयाँ बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवले जानकारी दिनुभयो ।स्रोत उज्यालो अनलाइन
Post a Comment