विराटनगर पुस१
पूर्वमुस्ताङी राजा जिग्मे परवल विष्टको निधन भएको छ ।विरामी भएर अस्पत्तालमा उपचार गराईरहेका ८६ वर्षका जिग्मेको निधन भएको हो । उनको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको सल्लाहकार इन्द्रधारा विष्टले जानकारी दिए । उनी परिवारसहित बौद्धमा बस्दै आएका थिए ।
आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने पूर्वराजा विष्ट जनताका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा बृद्धबृद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा अझै लोकप्रिय छन् ।
उनीसँग अहिले पूर्वरानी सिटोल परवल विष्ट, पूर्वराजकुमार जिग्मे सिंङगी परवल विष्ट ९अशोक०, पूर्वराजकुमारी र नातानातिनी बस्दै आएका छन् । २०६२र०६३ को जनआन्दोलनसम्म मुस्ताङको शासन सत्तामा शक्तिशाली रहेका उनी त्यसयता भने निस्क्रिय थिए ।
Post a Comment