Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नक्कली रक्सीको विगविगी, अवैध पैठारी रोक्न परिपत्र


काठमाडौं मंसिर २९ – भन्सार छलेर भित्रिएका भारतीय ब्राण्डका रक्सी सर्वत्र बिक्री भइरहेको छ । भारतको हिमाञ्चल प्रदेशका लागि मात्र बेच्न उत्पादन गरिएका रक्सीसमेत अवैध बाटो भएर नेपालमा कारोबार भइरहेका छन् । 
भन्सार छलेर भित्रिएका रक्सीका कारण कर तिरेर कारोबार गर्दै आएका व्यापारीको रक्सी व्यापार चौपट भएपछि व्यापारीले आन्तरिक राजश्व विभाग गुहारेका छन् । विभागमा रक्सीको फोटोसहित निवेदन दिएपछि आन्तरिक राजश्व विभाग र भन्सार विभागको चासो बढेको छ । भन्सार विभागले सबै भन्सार कार्यालयलाई रक्सीको अवैध पैठारी रोक्न विशेष सजगता अपनाउन परिपत्र गरेको छ ।  
भारतमा नेपालको तुलनामा रक्सीको कर सस्तो र फराकिलो भएकाले भारतबाट आयातित रक्सी बजारमा सस्तो पर्न जाने भएकाले उपभोक्ताले पनि सस्तो रक्सी नै किन्ने र यसबाट  स्वदेशी उद्योगलाई ठूलो व्यवसायिक नोक्सानी परेको प्रिमियर अग्र्यानिक्स प्रालिले दायर गरेको निवेदनमा उल्लेख छ । 
मदिराको बोतलमा केवल हिमान्चल प्रदेशका लागि मात्र लेखिएको र त्यस्तो बस्तु भारतको हिमान्चल प्रदेश राज्यमा मात्र बिक्री वितरण गर्न सकिने भएकाले नेपालमा कसरी आयात भएको हो ? बजार अनुगमन गरी अनधिकृत रुपमा आयातित रक्सी नियन्त्रण गर्न आग्रह गरिएको छ । 
‘यसबाट प्रष्ट हुन्छ कि खुल्ला सिमानाका कारण चोरी पैठारीमार्फत विदेशी रक्सी नेपाल भित्रने कारणले स्वदेशी उद्योगलाई ठूलो व्यवसायिक नोक्सानी परेको र नेपाल सरकारको राजश्व संकलनमा समेत नकारात्मक असर परिरहेको छ’ निवेदनमा भनिएको छ ।  

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget