
विराटनगर, मंसिर २४ गते । हाँस्यव्यङ्ंग्य कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको निधन भएको छ । विराटनगरस्थित आफन्तको घरमा गएको बेला उहाँको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । बिहान धेरैबेरसम्म पनि नउठेपछि बोलाउन जाँदा भट्टराइलाई सुतेको अवस्थामै मृत भेटिएको बताइएको छ । कलाकार भट्टराईको घर पनि बिराटनगरमै रहेको छ । तीतो सत्यमा ‘लाजालाम’ बाट चर्चित भट्टराईले थुप्रै गीत पनि गाउनुभएको छ ।
Post a Comment