Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

प्रदेश नम्बर एकबाट झापा, मोरङ र सुनसरी कुनै हालतमा टुक्राउन दिदैनौंः देउवा

Sher-Bahadur-Deuba-2

इनरुवा, १८ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रेस युनियन सुनसरीले लौकहीमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सो कुरा बताउनुभएको हो ।
देउवाले अहिलेको संविधान संशोधनले समस्याको समाधान गर्ने भएकाले पारित हुने र त्यसपछि मुलुक राजनीतिक निकास तर्फ उन्मुख हुने बताउनुभयो । उहाँले संविधान संशोधनमा एमालेले पनि साथ र सहयोग गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्नु भयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले संविधान संशोधन भएपछि मुलुक निर्वाचनमा जाने र शान्ति तथा स्थायित्व कायम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले काँग्रेस १ नं प्रदेशबाट सुनसरी, मोरङ र झापा टुक्राउन कुनैपनि हालतमा सहमत हुदैन भन्नु भयो । उहाँले संविधान संशोधन प्रस्ताव पारित नभए पनि सरकार परिवर्तन नहुने र यही सरकारले काम चलाउने जिकिर गर्नुभयो । सभापति देउवाले संविधान संशोधन प्रस्ताव मधेसी दलका लागि नभई मधेसी जनताका लागि भएका कारण यो प्रस्तावलाई सबैले स्वीकार गर्नुपर्ने विचार व्यक्त गर्नु भयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम मेहता, श्रम राज्यमन्त्री दिलीप गच्छदार, पूर्व सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, पूर्व वनमन्त्री महेश आचार्य, काँग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, सुनसरी जिल्ला सभापति राजिव कोइराला, सचिव केदार भण्डारीलगायतको सहभागिता रहेको थियो । रासस 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget