Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

आफनो पहिचान बचाउन सक्रियबन्दै कुलुङजातीहरु



सुनसरी, ४ पौष । सुनसरीको धरान र बराहक्षेत्रका कुलुङजाजीहरु आफ्नो ठाउलाई कुलुङ गाउ घोषणा गर्ने अभियानमा जुटेका छन् । आफ्नो जातीको पहिचानलाई बचाउन भाषा, संस्कृति, रहनसहन, र इतिहासलाई जीवन्त राखिराख्न आवश्यकपर्ने भन्दै उनिहरु सक्रिय भएका हुन ।

आफ्नो जातीको पहिचान जोगाइराख्न सुनसरीको धरान र बराहक्षेत्रका कुलुङजातिहरु आफ्नो ठाउलाई कुलुङ गाउ घोषणा गर्ने अभियानमा जुटेका हुन् ।

राज्यले समेत आफूहरुलाई आदिवासी जनजातिमा सुचिकृत नगरेको आरोप लगाउने उनीहरु आफ्नो अस्तित्व जोगाइराख्न लागि परेको बताउछन् ।

राईभित्र पर्ने कुलुङ जाति राई इतिहासमा कामको आधारमा दिइएको पद्वी भएको बताउने उनिहरु राईभित्र पर्ने कुलुङ, वान्तवा, चाम्लिङजस्ता जातिहरुको पहिचान संकटमा परेको बताउछन् ।

उनीहरुले राईहरुको जातीय संस्था किरात राई यायोख्खाभित्र आफ्नो आवद्धता नभएको बताउदै राईमध्ये पनि पीछडिएको जाति कुलुङजातिको विकास, अस्तित्व जोगाउन लागेको बताउदै आएका छन् ।

धरान २६ को बडारे र बराहक्षेत्र गाविस वडा नं। ७ मा पर्ने धापा र चियाबारीलाई समेटेर कुलुङ गाउ घोषणा गर्न तयारीमा रहेको नेपाल किरात भाषा संस्कृति उत्थान संघका सुनसरी सचिव गंगाराम कुलुङ राईले बताउनु भयो ।

यी तीन गाउमा बस्ने सर्वसाधारण राज्यको हरेक निकायको पहुच बाहिर रहेको भन्दै उहाले गुनासो गर्नुभयो । यी तीन गाउमा ३ सय घर परिवारका ७ सय जना कुलुंगहरु रहेको कुलुंग अगुवाले बताएका छन् ।

कुलुङ जातिहरुको पहिचानका लागिसंग्राहालय स्थापनादेखि उनीहरुले मनाउने गरेको चाड मिनारी दोचाम् चासूम लो फाइम् येलोदोङ ९चाक्चाकुर०को अवसरमा मेला लगाउने तयारी उनिहरुले गरेका छन् ।

प्रत्येक बर्ष जेष्ठ २९ र असोज ५ गते चाक्चाकुर मनाउने प्रचलन रहेको छ । हालसम्म १५ जिल्लामा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थानसंघको शाखा विस्तार गरिसकेको कुलुङहरुको मुख्य कार्यालय धरानमा रहेको संघका अध्यक्ष चन्द्रसिंह कुलुङले जानकारी दिनुभयो ।

वि।सं। १९७५ सालमा आफ्ना बाबुबाजेले जंगल फाडेर बसोबास गरेको दाबी गर्ने उनीहरुले आफ्नो ठाउबाट चुनाव जितेर गएका सभासदहरुले समेत केही नगरेको बताएका छन् । पौष १६ र १७ गते नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको चौथो राष्ट्रिय सम्मेलनको तयारी भइरहेको समेत संघले जनाएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget